दमक/झापाको दमकमा रहेका २४ जोन अन्र्तगतका क्लवहरुले आफ्नो गतिबिधि तथा एक बर्षको कार्ययोजना सार्वजनिक गरेकाछन् । जोन चियर पर्सन रुद्रप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एक बर्ष भरको कार्ययोजना प्रस्तुत गरिएको हो ।
एरिया कोअर्डिनेटर बालचन्द्र सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स लिडरहरु गोपाल अग्रवाल, पदम क्षेत्री, प्रहर क्षेत्री लगायतको पनि सहभागिता रहेको थियो ।
लायन्स क्ल्व अफ माउण्ट एभरेष्ट अध्यक्ष चन्द्र गजमेर, इस्टर्न लाइनका अध्यक्ष बिमल शर्मा, बेलसिटिका अध्यक्ष प्रकाश प्रशाइ, युनाइटेडका अध्यक्ष उत्तम थापा, ग्रिनसिटीका अध्यक्ष देबेन्द्र भट्टराइ, सेविकाकी सचिब सरिता पौड्यालले कार्ययोजना पेस गरेका थिए ।
सो अवसरमा लायन्स लिडरहरुले लायन्सको सेवाको मुलधर्मलाइ शशक्त रुपमा अघि बढाउन आग्रह गरे । प्रमुख अतिथि सुब्बाले लायन्स क्लवहरुले ब्यवस्थित रुपमा कार्ययोजना बनाएर काम शुरु गरेको भन्दै खुसि प्रकट गरे । उनले बिभिन्न रचनात्मक काम गरेको भन्दै धन्यवाद समेत दिए ।
जोन चियर पर्सन गौतमले जोन अन्र्तगतका क्लवहरुको सक्रियताको प्रशंशा गर्दै यसरी नै रचनात्मक रुपमा अघि बढ्नका लागि अनुरोध गरे । उनले कार्ययोजना अनुसार काम गर्न आफ्नो साथ र सहयोग रहने उल्लेख गरे ।
संगम स्वीटसमा भएको बैठकको ब्यवस्थापन लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले गरेको थियो भने सञ्चालन क्लवका सचिब डा.सुर्यनारायण शाहले गरेका थिए ।











