भक्तपुर– भक्तपुरमा चक्कु देखाएर निर्माण व्यवसायीको साथमा रहेको नगद ६ लाख रुपैँया लुटपाट भएको छ । चाँगुनारायण नगरपालिका ६ फेदीका निर्माण व्यवसायी परशुराम बजगाईको साथमा रहेको नगद ६ लाख रुपैयाँ माक्स लगाएर मोटरसाइकलमा सवारले लुटपाट गरेको उनले रातोपाटीलाई बताए ।

नेपाल बैंक कमलविनायक शाखाबाट झिकेको २ लाख र घरबाट ल्याएको ४ लाख सहित ६ लाख नगद रुपैयाँ मंगलबार दिउँसो भक्तपुर नगरपालिका वडा नम्बर ८ काल्हाचामा मोटरसाइकलमा आएका दुइजनाले चक्कु देखाएर लुटेका उनको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले बजगाईले दिएको हुलियाअनुसार जिल्ला र छिमेकी जिल्लासँग समन्वय गरेर लुटेराहरुको खोजीकार्य भइरहेको बताए ।

भक्तपुरका कतिपय महत्वपूर्ण चोकहरुमा सीसी क्यामारा नहुँदा अपराधी पहिचान गर्न समस्या हुने गरेको प्रहरीको भनाई रहेको छ ।