सरकारले विभिन्न निकायका तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार राति बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बुद्धिबहादुर खडकालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रक र महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।

प्रदेश १ को प्रमुख सचिवमा भने कसैलाई पठाइएको छैन । मन्त्रिपरिषदले गण्डकी प्रदेशका कायमुकायम प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । बिडारीलाई गण्डकी प्रदेशकै प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
टिभी अन्नपूर्ण बाट साभार