लक्ष्मी काफ्ले सरकारले मूल्या वृद्धि गरेको भन्दै कांग्रेसले देशभरि विरोद्ध प्रदर्शन गरेको छ । यसै क्रममा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि कांग्रेसले बृहत प्रदर्शन गरेको छ । सदरमुकाम चन्द्रगढीमा आयोजित विरोध सभामा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सरकारले ल्याएको बजेटले मुलुकमा आर्थिक बेथिती आएको बताए ।

सभामा बोल्दै नेता सिटौलाले स्थानीय तहमा जन्मदर्ता गर्दा पनि हजारदेखि १२ सय रुपैयाँसम्म लिएको बताउँदै सरकारले कमिसन लिइरहेको आरोप लगाए । ‘ओलीजीलाई जनताले सत्ताको मातमा रमाउन पठाएको होइन, सरकारले जनतालाई छोड्दैछ,’ सिटौलाले भने, ‘सत्तामा पुगेपछि ओली सरकार अन्धो भयो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका दुई अध्यक्षको दुई मुख रहेकाले सरकार अन्यौलमा परेको उनको टिप्पणी थियो । ‘हिजो जनताको अधिकार माग्दै सडकमा जानेहरु आज जनताकै अधिकारमाथि दमन गरिरहेका छन्,’ नेता सिटौलाले थपे, ‘कानुनमन्त्रीको शब्द सुन्दा हामीलाई लज्जाबोध भयो ।’

सभामा नेता सिटौलाले सिंहदरबार पार्टीलाई नभई जनताका लागि भएको बताए । सरकारको आचरण, चरित्र र व्यवहार देखेर सम्झाउन कांग्रेस जनताबीच आएको उनले स्पष्ट पारे । ‘न्यायालयमा हस्तक्षेप हुनु कदापी ठीक होइन,’ उनले भने, ‘ओली नेतृत्वको सरकार एक वर्षभन्दा बढी टिक्दैन ।’ नया पत्रीका बाट