दमक जेसीजले ट्रेनिङ स्कुलको अवधारणा ल्याउने भएको छ । विभिन्न तालिममा पोख्त प्रशिक्षकहरुलाई गोलवन्द गरि उनीहरुको अनुभव र क्षमतालाई व्यवहारिक रुपमा परिचालित गर्ने उद्देश्यले ट्रेनिङ स्कुलको अवधारणा ल्याइएको हो । त्यस्तो स्कुल छिट्टै सञ्चालन गर्न सरोकारवाला पक्षहरुसंग छलफल समेत थालिएको दमक जेसीजले जनाएको छ ।

दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीका अनुसार तालिमबाट प्रशिक्षक उत्पादन गर्नुका साथै उत्पादित जनशक्तिहरुलाई आ–आफना विधामा उपयोगमा ल्याउन त्यस्तो स्कुलको अवधारणा ल्याउन लागिएको हो । तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने र सिकेका कुरालाई जिवनपयोगी वनाउन सकिने उनले बताएका छन् । अध्यक्ष खत्रीका अनुसार दमकमा पहिलोपटक त्यस्तो ट्रेनिङ स्कुलका अवधारणा जेसीजले ल्याएको हो । समाजमा चाहिने समयसापेक्ष ,वैज्ञानिकसंगै जीवनपयोगी किसिमका तालिमहरु सञ्चालन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र ती जनशक्तिलाई स्थानीय संघसंस्था, नगरपालिका तथा अन्य सरोकारवाला पक्षहरुसंग समन्वय गरि प्रभावकारी रुपमा परिचालन गर्न स्कुलको उद्देश्य रहने अध्यक्ष खत्रीको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैवीच दमक जेसीजले निर्माण शुरु गरेको सामुदायिक तालिम केन्द्रको भवनमा घेराबेरा सकिएको छ । विभिन्न चार जना दाताले उपलब्ध गराएको ४ कठ्ठा जमीनमा गत असारदेखि सुविधासम्पन्न तालिम केन्द्र भवनको काम शुरु भएको हो । सो तालिम केन्द्र पूर्ण रुपमा सम्पन्न गर्न करिव ४ करोड लागत लाग्ने अनुमान छ ।

जग्गा व्यवस्थापन तथा भवन निर्माण समितिका अध्यक्ष भगवान बस्नेतका अनुसार घेरावेराका लागि प्रदेश सरकारबाट ४ लाखसहित अन्य स्रोत जुटाएर करिव १७ लाख रुपैयाको लागतमा निर्माण कार्य पूरा भएको छ । उनले प्रारिम्भक चरणका संरचनाका काम सकिए लगत्तै अव भवनको निर्माण कार्य थालनी हुने बताए । यसैवीच ,निर्माणाधीन भवनको हालै प्रदेश सभा सदस्यसहित नेपाल जेसीजका पदाधिकारीहरुले अवलोकन गरेर त्यसवारे जानकारी समेत लिएका दमक जेसीजका अध्यक्ष खत्रीले बताएका छन् । सो निर्माणाधिन भवनमा प्रदेश सदस्य सांसद अर्जुन राई,नेपाल जेसीजका अध्यक्ष श्रीधर बस्याल, कानुनी सल्लाहकार अञ्जन खत्रीलगायतले स्थलगत अवलोकन गरेका छन् ।