काठमाडौं : हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्यमा नियुक्त नेपाली चेली हेमानन्द गिरीलाई विवादमा तानिएकी छिन्। उनले भने पदका लागि आफू उपयुक्त भएको दाबी गरेकी छन्। साउन ७ गते काशी विद्धत परिषद्ले अवैध भएको ठहर गरेको पत्र सार्वजनिक भएपछि धार्मिक क्षेत्रमा तरंग आएको छ।

नेपालमा थुप्रै ऋषिमुनिले तपो र देवभूमि नेपालमा गरेको योगदानमा पनि जगद्गुरु शंकराचार्य दाबी गर्न नसक्नुले नेपाललाई कमजोर पारिराखेकै अवस्थामा आफूले सबै प्रमाण पुर्‍याएर नियुक्ति पाएको उनको भनाइ छ। १२ सय वर्षको इतिहासमा शंकराचार्य पदका लागि दाबी गर्ने उनी पहिलो महिला हुन्। नेपाली महिला भएकाले यो विषयमा आम नेपालीको चासो छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चार मठ भारतमा छन्। नेपालमा पाँचौं मठ भएको र चार वेद भएकोमा पाँचौं वेदको प्रतिनिधित्व नेपालले गरिरहेको उनको भनाइ छ। हेमानन्दले सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘नेपालमा पहिलो महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश भएको बेलामा मलाई शंकराचार्यमा छनोट गरिएको छ।’

हेमानन्दले केही व्यक्ति र संस्था स्वार्थले प्रेरित भएर नेपालीलाई नै भ्रमित पार्ने काम भएको टिप्पणी गरिन्। ‘यो विकृत मानसिकताको उपज हो, महिला आफूभन्दा माथि पुग्नु हुन्न भन्ने संकीर्ण घेराको परिणाम हो’, उनले अन्नपूर्णसँग भनिन्, ‘मलाई शंकराचार्यको पद अखिल भारतीय विद्वत सभाले दिएको हो जसले भारतमात्र नभएर पूरै विश्वकै प्रतिनिधित्व गर्छ तर काशी विद्वत परिषद् जो नगरजस्तो हैसियतमा छ उसले भनेको आधारले किन यस्तो काम हुँदैछ ?’

गिरीसँगको कुराकानी :

हरेक धार्मिक काममा किन भारतकै मुख ताक्ने ?

आजसम्म नेपालबाट पनि जगद्गुरु शंकराचार्य पाउनुपर्छ भनेर कसैले दाबा गरेनन्। नेपालबाट किन कसैले विश्वगुरु बन्ने हैसियत राखेनन् ? तर मलाई समग्र नेपाल र नेपालीको शिर उचो हुनुपर्छ भन्ने लागेर पर्याप्त आधार र प्रमाणका आधारमा शंकराचार्य पदमा दाबी गरेँ र पाएकी छु।

भारतमा चार स्थानमा कुम्भ लाग्छ, नेपाली त्यतै दौडनुपर्ने। नेपालमा हुने कुनै धार्मिक एवं आध्यात्मिक ठूला कार्यक्रममा पनि ठूला गुरु उतैबाट आउने÷बोलाउनु पर्ने ? नेपाल खप्तडबाबा, योगी नरहरीनाथ, श्रृंग र पाणिनी ऋषि, जनक, सीता र पार्वती माता आदि सयौंले तपस्या गरेको देश। कति बिडम्बना छ, के विगतदेखि आजसम्म यति धेरै साधु, सन्त, तपस्वी, ऋषिमुनि हुँदा पनि हामीले नेपालका लागि केही गर्न किन सकिरहेका छैनौं ? किन सधैं अरुकै आशा र भरोसा गर्नु परेको छ?

म यसरी भएँ शंकराचार्य

३९ वर्षकी हुँदा मैले सन्यासी हुने अवसर पाएँ। बद्रीकाश्रममा शंकराचार्य बासुदेवानन्द हुनुहुन्थ्यो त्यतिबेला। ज्योतिर्मठका शंकराचार्य उहाँ नै मेरो सन्यास गुरु। उहाँको अर्को आश्रम इलाहावादमा छ। त्यही उहाँले मलाई सन्यासीको उपाधि दिनुभएको हो। तर उहाँविरुद्ध स्वरुपानन्द महाराजले शंकराचार्य हुन लायक नभएको तर्क राखी बासुदेवानन्दविरुद्ध अदालतमा मुद्दा हाल्नुभयो।

यसै क्रममा शंकराचार्यका लागि अरुसँगै मैले पनि आवेदन पेश गरेँ। शंकराचार्य छान्ने क्रम बढ्दै जाँदा मलाई लाग्यो कि नेपालले पनि जगद्गुरु शंकराचार्य पाउनुपर्छ। नेपाल पनि विश्वगुरुको रुपमा स्थापित हुनुपर्छ भन्ने राष्ट्रवादी भाव बढ्दै गयो। इतिहास बनेका थुप्रै नेपाली ऋषिमुनिको योगदानलाई ढिलै भए पनि साकार पार्नुपर्छ भनेर नेपालको पशुपति पीठ नै मागेँ। नेपाल सयौं यस्तै ऋषिमुनिले तपस्या गर्ने तपोभूमि र देवोभूमि (यहाँ देवआत्मा बस्छन्) को देश भएकाले नेपालमै शंकराचार्यको मठ र त्यो हैसियतको गुरु हुनुपर्छ भन्ने तर्क रह्यो।

मलाई शंकराचार्य नियुक्त गर्नुभयो। यो केही सातायता केही व्यक्तिले हल्ला गरेजसरी पाएको पद होइन, अखिल भारतीय विद्धत सभाले दिएको हो।

शंकराचार्य हुन म अयोग्य थिएँ भने आवेदन पेश गरेकै समयमा अस्वीकृत हुने थिइन्। यसरी शंकराचार्यका लागि महिलाको तर्फबाट आवेदन परेकै पहिलो घटना थियो। उनीहरुले लिएको नेतृत्व, वाक शक्तिदेखि सबै कुरामा परीक्षण हुँदा सफल भएरै यो पद पाएकी हुँ।

यस्ता छन् शंकराचार्य पाउने आधार

ज्योतिर्मठमा शंकराचार्य हुनका लागि दण्डीस्वामी हुनुपर्ने प्रावधान छ। यसका लागि त्यही मठको सिञ्चित शिष्य हुनुपर्छ भन्ने छ। म त्यही मठकी शंकराचार्य बासुदेवानन्दकी शिष्य हुँ र मलाई उहाँले नै सन्यासी बनाउनुभएको हो। त्यही परम्पराबाट सिञ्चित सन्यासी हुँ, त्यागी हुँ र तपस्विनी पनि हुँ।

दोस्रो, पहिले शंकराचार्य हुन् महन्त, श्रीमहन्त र महामण्डलेश्वरको मापदण्ड पूरा भएको हुनुपर्छ। यी सबै मापदण्ड पूरा गरेकाले विद्वान, ज्ञानी र तपस्वीबाट मलाई विभिन्न शास्त्रास्त्र गरियो। सबैमा सफल भएपछि उहाँहरुले शंकराचार्य हुन योग्य भनेर नियुक्ति दिनुभएको हो।

शंकराचार्य हुन म अयोग्य थिएँ भने आवेदन पेश गरेकै समयमा अस्वीकृत हुने थिइन्। यसरी शंकराचार्यका लागि महिलाको तर्फबाट आवेदन परेकै पहिलो घटना थियो। अयोग्य भए छनोटकर्ताबाट बीचैमा पनि फ्याँकिन्थें होला। म अहिले पनि महामण्डलेश्वर छु, गुरु र आचार्य पदमा आसिन छु। उनीहरुले लिएको नेतृत्व, वाक शक्तिदेखि सबै कुरामा परीक्षण हुँदा सफल भएरै यो पद पाएकी हुँ।

धर्ममा नेपाल किन कमजोर ?

नेपालमा धर्मलाई कमजोर पार्नेहरु छन्। विश्वका केही देशमा हुने अन्तर्राष्ट्रिय हिन्दुको सम्मेलनमा बारम्बार नेपालको हिन्दु धर्म र यसका कमजोरीका कुरा उठ्छन्। त्यहाँ नेपालमा विभिन्न कारणले धर्मप्रति अनास्था भएको, सनातन परम्परालाई क्षय गर्ने षडयन्त्र भएको, सनातनी परम्परालाई कमजोर बनाउन धर्म परिवर्तनका अनेक आँधी चलाइएका कुरा उठ्ने गरेका छन्। पशुपतिनाथको देशलाई हरहिसाबमा कमजोर पार्ने प्रयत्न भइरहेका छन्।

त्यसैले अब नेपाल र नेपालीको शिर उच्च बनाउन र राख्न नेपाललाई शंकराचार्य दिनुपर्छ भनेर मैले सप्रमाण र तर्कका आधारमा यो पहल र प्रयास गरेकी थिएँ। नेपाल बुद्धको भूमि हो, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश हो त्यसैले धर्ममा पनि सगरमाथाजस्तै उच्च शिर हुनुपर्छ भनेर गरेको तर्क आदिका आधारमा शंकराचार्य पाएकी हुँ। पाउने भएपछि पशुपति पीठाधीशका रुपमा जगद्गुरु शंकराचार्य दिनुपर्छ भनें। म पाँचौं पीठका रुपमा पशुपतिलाई स्थापित गराउन चाहन्छु भनेपछि केही समयको अन्तरालमा यो स्वीकृत भएको हो।

म नेपालकी छोरी हुँ। अहिलेसम्म नेपाललाई आँच पुग्ने काम गरेकी छैन। मलाई त मैले नेपाललाई शंकराचार्य दिलाएर उच्च शिर बनाएँ भन्ने लागेको छ। जसले अहिले शंकराचार्य पद (मेरो) विरोध गर्छन्

नेपालीलाई नै भ्रमित पारिँदैछ

मलाई शंकराचार्य दिने संस्था अखिल भारतीय विद्वत परिषद् हो। यसले भारत वर्षकोमात्र प्रतिनिधित्व गर्दैन, विश्वकै प्रतिनिधित्व गर्दछ। साथै विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय समितिले पनि यो पदमा मलाई मान्यता दिइसकेको छ। महासंघ पनि विश्वका ४० देशको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय र ख्यातिप्राप्त संस्था हो। यसरी मैले प्रमाणपत्र पाएर त्यसबाट नेपालको पीठाधीश भनेर घोषणा गरेको अवस्थामा अहिले विरोध किन भयो ? अचम्मित छु।

मलाई त सनातन धर्ममा कुठाराघात गरेर धावा बोल्ने र महिलालाई यस्ता विशेष पदबाट वञ्चित गर्ने कपोलकल्पित कुराबाट त्रसित बनाउन खोजिएको भन्ने लागेको छ। किनकी महिला, दलित, जनजाति, आदिवासीलाई सधैं तल देख्ने र माथि उठेको हेर्न नचाहने केही नेपाली दाजुभाइले नै बनारस गएर काशी विद्धत परिषद्को एउटा समूहलाई लेखाएर नेपाली जनतालाई भ्रमित पार्न खोजेका छन्।। यो सबै षड्यन्त्र हो। विज्ञप्ति नै झुट छ।

नेपालमा पाँचौं मठ हुनुपर्छ

म नेपालकी छोरी हुँ। अहिलेसम्म नेपाललाई आँच पुग्ने काम गरेकी छैन। मलाई त मैले नेपाललाई शंकराचार्य दिलाएर उच्च शिर बनाएँ भन्ने लागेको छ। जसले अहिले शंकराचार्य पद (मेरो) विरोध गर्छन् । तिनले चार मठ भारतमा छन् त्यसैले तिनीहरु भारतकै मात्र पक्षपोषण गरिरहेका छन् भन्ने लाग्छ। नभए धार्मिक र सांस्कृतिक हिसाबले नेपाललाई किन गौरवशाली नबनाउने त ?

यदि हामी नेपाली धर्म, प्रकृति, सनातन् र अध्यात्मवादी हौं भने हामीले जुन माटोमा जन्मियौं, जुन भूमिमा उभियौं अनि जुन देशको अन्न, हावापानी र जडिबुटी खाएर बाँचेका छौं, अस्तित्व बनाइरहेका छौं त्यो देशको शिर किन सधैं उच्च भएको हेर्न चाहदैनौं ? हामी राष्ट्रवादी बनेर देशको रक्षा गर्नैपर्छ। धर्मले नै देश र जगतको रक्षा गर्न सक्छ। यसो भए किन देशको शिर उचो हुँदा विरोध ? मेरो प्रश्न छ।

चार वेद छन्। हामीसँग उपनिषद्, गीता र आयुर्वेदसँगै १८ पुराण छन्,। शास्त्रले तिनलाई पाँचौं वेद भनेर मानेको छ। अथर्व वेद नेपालमै लेखिएको हो। अथर्व वेद लेखिएको भूमिमा मठ कायम गर्दा आवाज उठ्छ भने ती पक्कै देश र धर्मका विरोधी हुन्।

नक्कली शंकराचार्य हेमानन्द गिरी ! पाञ्चायन पुजा र हामी

हाम्रो कर्मकाण्ड र धर्मसंस्कृतिले पनि पाञ्चायन पुजालाई विश्वास गर्छ। यस पुजामा पनि गणेश अनि ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरिन्छ जसमा एक महिला शक्ति दुर्गामाता हुनुहुन्छ। यसरी पाञ्चायनको पुजा मातृशक्तिले मात्र पुरा हुन्छ। पाञ्चायन पुजा गर्ने शास्त्रबाट सिञ्चित हामी अभियन्ता हाम्रोमा दुर्गाको मठ कहाँ छ ? खै सम्मान गरेको ?

यसकै मान्यताले पशुपतिमा मठ खडा गरेका हौं। लक्ष्मीको मठ हराएका कारण पार्वती र सीता माताको शालीग्राम जन्माउने यो भूमिमा यो जरुरी थियो र छ। यसलाई सबैको प्रयत्नबाट कायम गरेका छौं। यसको विरोध होइन, गौरव गरौं, यसका लागि सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु।

अन्नपूर्ण पोस्ट बाट