आँखा मानिसको संवेदनशील अंग हो । सानो चोटपटकले पनि यसमा ठूलो क्षति पुग्न सक्छ । उसो त आँखा सौन्दर्यसँग पनि जोडिएको हुन्छ । आँखालाई आकर्षक बनाउन अनेक मेकअप पनि गरिरहेका हुन्छन् । तर, संरक्षण गरेर आँखा स्वस्थ हुँदैन । आँखाको दृष्टिलाई तेजिलो बनाउन खानामा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ । एजेन्सीको सहयोगमा तयार पारेका सामग्री :

तोरीको तेल राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्नुहोस् । आँखाको ज्योति ठीक हुन्छ । हरियो तरकारी हरियो सागसब्जीमा पाइने भिटामिनलगायतका पोषक तत्वले आँखाको ज्योति राम्रो बनाउन सहयोग गर्छ । त्यसैले अरूभन्दा हरियो तरकारीलाई आफ्नो आहारमा समावेश गर्नु अत्यावश्यक हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुप एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक गिलास दूधसँग पिउने गर्नुहोस् । आँखाको ज्योति बढ्न थाल्छ ।

ग्रिन टी दिनमा दुई–तीन कप ग्रिन टी पिउने गर्नुहोस् । यसो गर्नुभयो भने एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।

हाडेबदाम राति ६–७ वटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर राम्रो हुन थाल्छ ।

अमला अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुईपटक खानुभयो भने आँखाको ज्योति बढ्छ ।

जिरा र मिस्री जिरा र मिस्री बराबर मात्रामा मिलाएर राम्रोसँग पिस्नोस् । एक चम्चा घिउसँग दिनहुँ खानुहोस् ।

सुकमेल तीन–चारवटा सुकमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक गिलास दूधसँग दिनहुँ पिउने गर्नुहोस् ।