धादिङको थाक्रे गाँउपालिका-२ कोइराला डाँडामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थाक्रे गाँउपालिका-२ मिलनचोक ३० वर्षीय निराजन तामाङ रहेका छन्। हिजो बेलुकी साँढे ७ बजे लु २ ख २३८ नम्बरको बसले तामाङ सवार रहेको बा ९६ प ९२१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइतेलाई तत्कालै उपचारको लागि राति ९ बजे काठमाडौंस्थित नर्भिक अस्पताल थापाथली ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।
दुर्घटना पश्चात बस चालक फरार रहेकाले खोजी भैरहेको छ।











