श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकीकृत संगठनको नाम ‘प्रेस संगठन नेपाल’ रहने भएको छ । एकताको लागि गठन भएको कार्यदलको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्धयले तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई अन्तिम रुप दिएको हो। एकिकृत संगठनको नाम अंग्रेजीमा ‘प्रेस अर्गनाइजेशन नेपाल ‘ राख्ने निर्णय भएको छ।
अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरिएको छ। एकिकृत संगठनमा अध्यक्ष र महासचिवसहित दुई सय २५ सदस्यीय केन्द्रीय समिति रहने प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र प्रेस चौतारीका महासचिव राजेश राईले बुधबार निकालेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
आगमी तीनदिन भित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूचीसहित पार्टीलाई कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।










