भद्रपुर/ नेपाली काँङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाई बहुमतको सरकारले जनताको लागि गम्भिर भई दम्भको श्रीपेज हटाउनु पर्ने बताएका छन् । सरकार विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा काङ्ँग्रेसको वृहत शक्ति प्रर्दशनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । स्वर्गिय मदन भण्डारीले देखाएको बाटो बिर्सिर्दै कम्युनिष्ट सरकारले लोकतन्त्र माथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए ।

भण्डारीको नाममा सडक बनाउने तर, उनले देखाएको मार्ग कम्युनिष्ट सरकारले चाहि छोडेकोमा प्रश्न गरेका थिए । ’ तपाईकै मन्त्री मण्डलका गृहमन्त्रीले भन्नु भएको थियो कि सुन तस्करमाथि हात हाल्दा ठूला माछाहरु पक्राउ पर्छन, खै त ठूला माछाहरु पक्राउ परेका अहिलेसम्म प्रधानमन्त्री ज्यु भन्दै उल्लेख गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको स्वाधिनताको रक्षाको लागि हामी सडकबाट सरकारलाई खबरदारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई केन्द्रित गर्दै सिटौलाले धेरै नमात्तिन आग्रह गरे ।

सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला अगाडीको खुल्ला चौरमा भेला भएका काँङ्ग्रेसका कार्यकर्ताले ओली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै सरकारी कार्यालय अगाडीबाट लेखनाथ चोक हुदै चन्द्रगढी बजार परिक्रममा गरी कोणसभा परिणत भएको थियो ।