संसदीय सुनुवाइ समितिका एकजना सदस्यलाई पेस्तोल बोकेका मानिसले घरमै आएर धम्काएको तथ्य खुलेको छ। मंगलबार राति बानेश्वरस्थित आफ्नै निवासमा बसेकी नेकपाकी सांसद निरु पाललाई दुईजना हतियार बोकेर आएका व्यक्तिहरूले धम्काएका हुन्। दीपकराज जोशीको संसदीय सुनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ।

समितिका सदस्यलाई हतियारधारीहरूले निशाना बनाउन खोजेपछि सुरक्षा समितिले सदस्यहरूलाई पिएसओको व्यवस्था गरेको छ। कतिपयले पिएसओ लिएका छन् भने कतिपयले लिएका छैनन्। पाल घरमै बसिरहेको बेलामा दुईजना आएर पेस्तोल देखाएर धम्काएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाका एक सांसदका अनुसार पालको मोबाइलसमेत खोसेर लगिएको छ। तर, प्रहरीले भने संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको दाबी गरेको छ। महानगरीय प्रहरी परिसर रानीपोखरीका एसएसपी पूर्ण जोशीले सनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको बताएका छन्।