प्रदेश ५ प्रदेशसभामा सभामुख र उपसभामुख एउटै दलका भएको भन्दै नेपाली कांग्रेसले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेको छ।
संविधानको धारा १८२ अनुसार सभामुख र उपसभामुख फरक फरक दल र फरक लिंगका हुनुपर्ने भए पनि प्रदेश ५ मा एउटै दल नेपाल कम्युनिष्ट पार्टीबाट भएको भन्दै उपसभामुखकी उम्मेदवार नेपाली कांग्रेसकी सांसद रिना नेपाल विश्वकर्माले रिट दायर गरेकी हुन्।
उनले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने व्यवस्थाबमोजिम गराउन प्रदेश सभामा माग गर्दै आए पनि सुनुवाइ नभएको भन्दै रिट दायर गर्नुपरेको बताइन्।
उनले प्रदेशसभा सचिवालय, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशसभाका सभामुख र उपसभामुखलाई विपक्षी बनाएकी छिन्।
टिभी अन्नपूर्ण बाट










