काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पिएसओमा डिएसपी राजन लिम्बुलाई जिम्मेवारी दिइएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार डिएसपीहरुको सरुवा निकाल्दै लिम्बुलाई प्रधानमन्त्रीको बिशेष सुरक्षा इकाई, बालुवाटारमा सरुवा गरेको हो।

यसअघि प्रधानमन्त्रीको पिएसओमा सानुराम भट्टराई थिए। उनी एसपीमा बढुवा भएपछि लिम्बुलाई पिएसओमा ल्याइएको हो। एसपी भट्टराईको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीको पिएसओमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए।