पोखरा- पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाका लागि बुधबारदेखि बस सेवा सञ्चालन गरेको छ ।

महानगर तथा अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय अवतजावतका लागि सजिलो होस् भनेर बस सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्ने बताउँदै उहाँले कर्मचारी कार्यालय आउने समयको नियमितता, एक रुपताका साथै सुरक्षालाई समेत दृष्टिगत गरी बस सेवा शुरु गरिएको बताउनुभयो ।

बिदाको दिनबाहेक हरेक दिन बेगनासताल बसपार्कबाट बिहान ९ः१५ बजे छुटेको बस तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटाचोक, राष्ट्र बैंकचोक, रत्नचोक सिर्जनाचोक हुँदै १० बजे महानगरको कार्यालय न्युरोडमा आइपुग्नेछ ।

शुक्रबार दिउँसो ३ः१० मा र अन्य दिन ५ः१० बजे महानगरको कार्यालयबाट सोही रुटअनुसार बेगनासतालसम्म बस पुग्नेछ । यो रुटको बस सेवाको प्रभावकारिता हेरेपछि महानगरको उत्तरतर्फको क्षेत्रलाई समेट्ने गरी पनि बस सेवा शुरु गर्ने योजना रहेको पौडेलले जानकारी दिनुभयो । रासस