दुई नम्बर प्रदेश सरकारकी भौतिक पूर्वाधार तथा विकास मन्त्री डिम्पलकुमारी झा मंगलबार प्रदेशको राजधानी जनकपुरबाट गृह जिल्ला आउँदा उनीसँगै दर्जनौ गाडीको लावालस्कर समेत आयो ।

रौतहट गृहजिल्ला भएका मन्त्री झा चन्द्रनिगाहपुर हुँदै गौर आएकी थिइन् । उनीसँगै कार्यकर्ताका सवारीसाधक समेत आएको बताइएको छ । उनी गृह जिल्लामा हुने कार्यक्रममा सहभागी हुनका लागि रौतहट आएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री झाको सावारीको दृश्य हेर्दा दक्षिण भारतीय चलचित्रको सम्झना गराउने खालको थियो । झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती हुन् । काठमान्डु टुडे बाट