झापा । झापामा नेकपाको अध्यक्ष को होला रु भनेर बहस शुरु भएको छ । नेकपा एमाले र माओबादी केन्द्र एकतापछि बनेको नेकपाको नेतृत्वका लागि दौडधुप शुरु भएको बताईएको छ ।
अध्यक्षमा थुप्रै आकांक्षिहरु देखापरेको बहस चलेको छ । अहिले अध्यक्ष रहेका चिन्तन पाठक र झलकसिंह दर्लामी बाहेकको चर्चा धेरै छ । दर्लामी करिबकरिब प्रदेशमा मन्त्री बन्ने पक्का रहेको बताइन्छ । श्रोतका अनुसार प्रदेश मन्त्रीपरिषद बिस्तार हुदा उनि मन्त्रीमा समावेश हुनेछन् । अध्यक्षमा पुर्व अध्यक्ष र उपाध्यक्षको नाम चर्चामा रहेको छ । रबिन कोइराला र दीपक कार्कीको नाम अहिले जिल्ला अध्यक्षमा चर्चा भइरहेको छ । कोइराला पुर्व जिल्ला अध्यक्ष हुन् भने कार्की उपाध्यक्ष हुन् ।
दुबैजना बलिया उम्मेदवार हुन्, नेकपाका एक नेताले भने । तर खुलेर कसैले पनि नभनेपनि भित्रि तयारी भने शुरु भइसकेको बताइन्छ । एक नेताका अनुसार जिल्ला नेतृत्व साविक एमालेले नै पाउने छ । नेतृ धर्मशिला चापागाइको नाम पनि बहसमा आएको छ । यता सचिबमा भने गगन पुरीको नाम चर्चामा रहेको छ । पुरीले यसको तयारी गरेको बताइन्छ ।










