कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले हिजो बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो।

तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले आज सार्वजनिक गर्ने तयारी गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी छन्। यस पटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ।