काठमाडौं–नेकपाकी सांसद निरु पालले आफ्नो घाँटीमा कसैले पेस्तोल राख्दैमा सरकार नडगमगाउने बताएकी छिन् । बिहिबार प्रतिनिधिसभाको वैठकमा विशेष समय लिएर बोल्दै सांसद पालले आफूलाई तर्साउन खोजिएको बताएकी हुन् ।

उनले आफूमाथि साउन १५ गते साँझ ८ बजेर १५ मिनेट जाँदा डेरा नजिकै केही व्यक्तिहरुले पेस्तोल देखाएर तर्साउन खोजेको भन्दै आफू त्यस्ता धम्की र पेस्तोलले नडराउने पनि बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको विवरण दिँदै सांसद पालले साउन १५ गते साँझ सवा ८ बजे ४/५ जनाको समूहमा रहेका व्यक्तिहरुले हतियार देखाएर धम्काएको बताइन् । संसदीय समितिको विषयलाई लिएर आफूमाथि धम्की दिइएको भन्दै यस्ता धम्कीले आफू नडराउने पनि सांसद पालले बताइन् ।

एकजना सांसदमाथि यस्तो प्रकृतिको हमलाको प्रयास हुन्छ भने आम चेलीहरुको अवस्था के होला भन्दै सांसद पालले सबैलाई सुरक्षाको प्रत्याभूति गराउन पनि सरकारसमक्ष माग गरिन् ।

सांसद पालले यस घटनालाई फरक ढङ्बाट बुझेको भन्दै यसबाट सरकारलाई डगमगाउन खोजिएको आरोपसमेत उनले लगाइन् ।

भिडियो हेर्नुहोस्ः