दमक/नेकपाकी नेतृ एवं साँसद निरु पालले आफुलाइ मारेर फ्याकिदिने धम्कि आएको बताएकीछन् । पेस्तोल ताकेर आफुलाइ एउटा समुहले यस्तो धम्कि दिएको बताएकी हुन् । सांसद पालले साउन १५ गते साँझ दुध किनेर फर्कदै गर्दा आफुलाई पेस्तोल देखाएर तर्साउने काम भएको बताइन् ।
https://youtu.be/HDPcEoAVRqwपेस्तोल देखाउदैमा आफू नडराउने भन्दै उनले भनिन्, “निरुपाल लाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले धम्कीने वाला छैन । म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनुहुदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जीन्दगी हो । मेरो अन्तिम सास रहनेबेला सम्म म लडिरहनेछु । म पेस्तोल देखाउदैमा डराउने मान्छे म होइन ।”
उनले गम्भिर मुद्रामा संसदमा आफ्ना भनाइहरु राख्दै यस बिषयमा जानकारी गराएकी थिइन् । उनका कुरा सुनेर साँसदहरु भावविह्ल भएका थिए ।
https://youtu.be/HDPcEoAVRqw









