बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । ग्रेड प्रणालीमा प्रकाशित भएको नतिजामा केही ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेड वृद्दीको अवसर दिने भएको छ । गत वैशाख महिनामा सञ्चालन भएको परीक्षामा नियमित तर्फ सम्मिलत विद्यार्थले सबै विषयमा सी वा C भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै पनि एक विषयमा अनुपस्थित वा D प्लस वा D वा E ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले उक्त विषयको ग्रेड वृद्धि (पुरक) परीक्षा दिन पाउने भएका छन् ।

बोर्डले ग्रेडवृद्धिका लागि भदौ १६ गते शनिवार परीक्षा तोकेको छ । बोर्डले यस वर्षबाट ग्रेडिङ सिस्टममा नतिजा निकालेको छ । जसमा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।

यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् । यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड