नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । उनले पार्टी एकतालाई सुदृढ र सरकारलाई सफल बनाउन सबैजना एकजुट हुन आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले पार्टी एकता र सरकारको मुख्य कार्यभारका विषयमा ध्यान दिन पनि आग्रह गरेका छन् । पार्टी प्रवक्तबाट राजीनामा दिएको भन्ने अपृष्ठ खबर बाहिर आइरहेका बेला श्रेष्ठले पार्टी पंत्तीहरूमाथि सचेत गराएका छन् । यद्यपी श्रेष्ठले राजीनामाको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले एक ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुको यतिबेलाको मुख्य कार्यभार पार्टी एकतालाई सुदृढ गर्नु र सरकारलाई सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्न सफल पार्नु हो । सबैले यसैमा ध्यान केन्दृत गरौँ,अरु सबै कुरा गौण हुन् । उपरोक्त दुई कार्यभार पूरा गर्न भने गम्भीर बनौँ ।’

प्रवक्ता श्रेष्ठसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गोविन्द केसीको विषयलाई लिएर भनाभन भएको बताइएको छ । पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

श्रेष्ठले भने, अध्यक्षसँग सम्पर्क नै नहुने, बैठक र छलफलहरूमा पनि लामो समयसम्म कुराउने गरेकाले कार्यशैली ठीक नभएकाले आफूले प्रवक्ता पदबाट राजीनामा दिएको निकटस्थहरूलाई बताएको विभिन्न पत्रपत्रिकाहरुले लेखेका छन् । काठमाण्डु टुडे बाट