दाङ । जिल्ला प्रशासन कार्यालय दाङले आगामी भदौ देखि शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको छ ।

दैनिकी व्यस्त भएका नागरिकको सेवालाई मध्यनजर राखि शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको दाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरी सेवा प्रदान गरिने बताइएको छ ।

दाङ जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको जनाइएको छ । ।