स्वास्थ्यराज्यमन्त्री पद्मा अर्याललाई भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अघिल्लो हप्ता कृषि मन्त्रालयलाई फुटाएर बनाइएको भूमिसुधार तथा सहकारी मन्त्रालयमा स्वास्थ्यराज्यमन्त्री अर्याललाई बढुवासहित सरुवा गरिएको हो ।
अहिले स्वास्थ्यमन्त्री संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । सामान्यतया मन्त्री र राज्यमन्त्री एउटै पार्टीको हुने चलन छ ।
को हुन् अर्याल सरकारले कृषि, भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय विभाजन गरेर दुई वटा मन्त्रालय बनाएको थियो । यो मन्त्रालयमा नियुक्ति नजिक पुग्नुभएकी पद्मा अर्याल स्याङ्जा २ बाट निर्वाचित संघीय संसद सदस्य बन्नु भएकाे हाे । अर्याल तत्कालीन नेकपा एमालेको पहिलो महिला जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । जिल्ला अध्यक्ष रहेकै बेला उहाँ एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य विजयी हुनुभएको हो ।
स्वास्थ्यमा छँदा सरकारी अस्पतालको शौचालय सफा गरेर चर्चामा कमाउनु भएकी अर्याल एमाले महिला पंक्तिमा अब्बल नेतृत्वका रुपमा उदाउनु भएकाे छ ।प्रधानमन्त्री अाेली सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा बढुवा भएकै बेला अर्यालको पनि बढुवा तयारीमा हुनुहुन्थ्याे केही प्राविधिक कारणले ढिलाइ भएको थियो ।
अर्यालले नेपाली कांग्रेसबाट २०४८ सालदेखि स्याङ्जामा स्थापित नेता तथा पार्टी उपसभापतिसमेत रहिसकेका गोपालमान श्रेष्ठलाई पराजित गर्नुभएको हो । श्रेष्ठ पटकपटक मन्त्री हुनुभएको थियो । २०७४ फागुन ३ गते विस्तार भएको मन्त्रिमण्डल फागुन १४, चैत २ र जेठ १८ गते पनि विस्तार भएको थियो । पाँचौपटक विस्तार भएको मन्त्रिमण्डलमा २२ मन्त्री र ३ राज्यमन्त्री छन् । मन्त्रिमण्डल २५ सदस्यीयसम्म बनाउन मिल्नेछ ।










