दमक/दमक बहुमुखि क्याम्पस स्वबियू सचिब रोशन भण्डारीको कार्वाहीको बिषयमा नयाँ सहमति बनेको छ । क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराइलाइ हातपात गरेको आरोप लगाउदै भण्डारीलाइ भबिष्यमा समेत अयोग्य रहने भन्दै क्याम्पस प्रशासनले कार्वाही गरेको थियो ।
शुक्रबार बसेको सञ्चालक समितिले यो कार्वाही जायज नभएको भन्दै छ महिनासम्ममात्र कार्वाही कायम रहने र त्यसपछि क्याम्पस प्रवेस पाउने निर्णय गरेसंगै त्यो पछि उनि क्याम्पस प्रवेस पाउनेछन् । उनको स्वबियू सचिब पद समेत यथावत रहनेछ ।
श्रोतका अनुसार बिधि र प्रक्रिया नपुर्याइ सिधै कार्वाही गरिएको भन्दै कार्वाही फिर्ताका लागि समेत दबाब परेको थियो । बहुमत सदस्यहरु कार्वाही फुकुवाको पक्षमा समेत रहेका थिए ।
क्याम्पस प्रमुख भट्टराइले कार्वाही फिर्ता भएमा आफु राजिनामा दिने भन्दै आफु निकस्थहरुलाइ बताएको बताइन्छ । कार्वाहीलाइ पुर्नबिचार गर्दै छ महिनापछि कार्वाही स्वत फुकुवा हुने निर्णय भएसंगै दुबै तर्फको जितको रुपमा यसलाइ हेरिएको बताइन्छ ।
भण्डारी शुक्रबार अभिभावक सहित क्याम्पस पुगेका थिए । उनि सञ्चालक समितिको बैठकमा समेत सामेल भए । त्यहि उनको बिषयमा छलफल भएको थियो ।









