मोरङ । प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ३ स्थित प्रेम कुमार राईको घरबाट चार जना जुवाडेलाई १ लाख १५ हजार ४ सय ३५ रुपैया र पाँच बुङ तास सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने बर्ष ४० का दिनेश थापा, सोही स्थान बस्ने वर्ष २८ का नैन राई, वर्ष २७ का बिशाल तुम्रुक लिम्बु र उर्लाबारी नगरपालिका २ बस्ने वर्ष ३७ का जितबहादुर पुरी रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राईको घरमा जुवा सञ्चालन भइरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ३ बजे घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । यता पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।