१९ साउन । प्रधानन्यायाधीशमा आफ्नो नाम अस्विकृत भएपछि कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले राजिनामा दिने वा नदिने भन्नेबारे बनाएको खबरहरु बाहिर आएका छन् । स्रोतका अनुसार जोशी आजदेखि नै अब राजिनामा दिने वा सम्भावित परिस्थितिलाई सामना गर्ने भन्नेबारे छलफल सुरु गरेका छन् । हिजो (शुक्रबार) संसदीय सुनुवाई विशेष समितिले दुई तिहाईको बहुमतले जोशीको नाम प्रधानन्यायाधीशबाट अस्वीकृत गरेको थियो।

पत्रकार ऋषि धमलासँगको अन्र्तवार्तामा जोशीले भनेका छन्,‘ममाथि जे आरोप लगाइएको छ, त्यसबारे उहाँहरुले मलाई प्रश्न नै गर्नुभएन । त्यसैले यसबारेमा म धेरै बोल्दिन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर तपाईलाई प्रधानन्यायाधीशका लागि अयोग्य भनियो नि ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले भनेका छन्,‘मलाई अयोग्य भनेर उहाँहरुले निर्णय गरिसक्नुभयो । अब म के भनम र ? मलाई दुःख लागेको छैन । संसदबाट भएको कामलाई मान्नैपर्यो ।’

यता जोशी कामु प्रधानन्यायाधीशबाट राजिनामा दिनेबारे छलफलमा जुटेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने नयाँ प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे खोजीमा छन् । संवैधानिक परिषदको बैठक सम्भवत् ः यो हप्ता राख्ने प्रधानमन्त्री ओलीको चाहना छ । रोलक्रममा ओमप्रकाश मिश्र र चोलेन्द शमशेर राणा रहेका छन् ।