काठमण्डौ/लायन्स क्लव अफ इन्टनेशन 325 A1 ले एक भब्य र आकर्षक कार्यक्रमबीच पुर्व डिस्ट्रिक गर्वनरहरुलाइ सम्मान गरेको छ । उनिहरुको सम्मानका लागि काठमण्डौमा एक भब्य कार्यक्रम (PDGs HONORING Program)भएको थियो ।
बर्तमान डिस्ट्रिक गर्वनर अनन्त भेटवालको अध्यक्षतामा पुर्व गर्वनरहरुको योगदाको कदर गर्दै सम्मान कार्यक्रम राखिएको जनाईएको छ ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका बिशिष्ठ ब्याक्तिहरुको समेत सहभागिता रहेको जनाइएको छ । डिस्ट्रिक गर्वनर भेटवालले नेपालमा लायन्स अभियान तिब्र रुपमा अघि बढिरहेको सो अवसरमा भनेका थिए ।











