दमक/लायन्स क्लव अफ दमक स्टर्नलाइनले शनिबार झापाको कमल गाँउपालिका वडा नंं ६ मा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । लायन्सका क्लव अफ इन्टरनेश्नल 325 A1 का बातवरण चिफ बबरजंग थापाको प्रमुख आतिथ्यमा कमल छ का चुणमणि पौड्यालको नीजि जमिनमा बृक्षरोपण आयोजना गरेको हो ।

क्लवका अध्यक्ष बिमल शर्माका अनुसार सरकारले खाली जमिन नराख्न हरेक नागरिकलाइ आग्रह गरेको बताउदै सार्वजनिक तथा बन क्षेत्रमा मात्र नभएर खाली हरेक जमिन सदुपयोग गर्नु पर्छ भन्ने सन्देश दिन नीजि बन एवं खाली जमिनमा बृक्षरोपण गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वातरण संरक्षणका लागि जहाँ जसको खाली जमिन छ त्यहाँ बोटबिरुवा रोप्नुपर्छ भन्ने यस कार्यक्रमको सन्देश रहेको शर्माको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि थापाले यो उदाहरणिय काम भएको बताए ।

अहिलेसम्म सार्वजनिक तथा सरकारी बनमा मात्र बृक्षारोपण हुँदै आएकोमा नीजि क्षेत्रमा समेत यो अभियान शुरु हुनु राम्रो भएको उनको भनाइ थियो । लायन्सकर्मी बिकास अग्रवाल बिभिन्न प्रजातीका २ सय बिरुवा रोपिएको थियो ।