दमक/झापाको दमक बहुमुखि क्याँपसमा डम्बरबहादुर अधिकारीको अर्धकदको शालिक अनावरण गरिएको छ । शनिबार ७ औ क्याम्पससभाको अवसर पारेर अधिकारीको शालिक अनावरण भएको हो ।

अधिकारी क्याम्पसका जग्गादाता हुन् । जग्गादाता अधिकारीको सम्मानका लागि शालिक निर्माण गरिएको बताइएको छ । शालिकको अनावरण अधिकारीकी पत्नी टीकादेबी अधिकारी र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले गरेका थिए । प्रदेश साँसद अर्जुन राइको पनि उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड