प्रहरीले गोंगबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाइबुझाई आफन्तको जिम्मा लगाइएको छ । पक्राउ पर्नेहरु प्रायः केटीहरु सबै २० वर्षमुनीका रहेको प्रहरीले जनाएको छ । टिभी अन्नपूर्ण बाट 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड