काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले न्यायाधीशहरुलाई सचेत रहन आग्रह गर्नु भएको छ ।
जनता टेलिभिजनसँगको कुराकानीमा सांसद भट्टराईले हरेक न्यायाधीशले गरेको फैसला अब संसदीय विशेष सुनुवाई समितिले अध्ययन गर्ने बताउनुभयो । विगतमा राजनीतिक अस्थिरताको फाइदा उठाएर न्यायालयमा जति बेथिति भए आगामी दिनमा त्यस्तो हुन नदिने दाबी गर्नुभयो ।
सांसद भट्टराईले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाइबाट न्यायाधीशहरुलाई सचेत रहन आग्रह गर्नुभयो । सांसद भट्टराईले संसदीय सुनुवाईको निर्णयले न्यायालयभित्रको भ्रष्टिकरण र समस्याको उजागर गरेको दाबी गर्नुभयो ।
https://www.facebook.com/janatasamachar/videos/1016886138484652/
जनता समाचार बाट










