काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ माधवकुमार नेपालले फोटो पत्रकारहरुलाई बिशेष खालको तस्बिर खिच्न सुझाव दिनुभएको छ ।

‘नेपालको शान, मान र विशेषतालाई सजीव ढंग खिच्ने गर्नुस’ नेपाल आर्ट काउन्सिलमा प्रर्दशनीमा राखिएको तस्विर आइतबार अवलोकन गर्दै उहाँले भन्नुभयो, ‘तपाईहरुले खिच्ने तस्बिरले समग्रतालाई समेटन सक्नुपर्छ । तब मात्र आनन्द आउँछ ।’नेता नेपालले तस्बिर खिच्ने कार्य निकै चुनौति पूर्ण हुने उल्लेख गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोटो पत्रकार क्लवले प्रर्दशनी आयोजना गरेको हो । श्रावण १६ गतेबाट शुरु गरिएको प्रर्दशनी सोमबारसम्म चल्नेछ । सभामुख कृष्णबहादुर महराले पनि फोटो प्रर्दशनी अवलोकन गर्नुभएको छ ।