ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुने मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १७ त्रिशूली बस्ने २८ वर्षीय टंक न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलमा सवार २१ वर्षीया गीता न्यौपाने भने गम्भीर घाइते भएकाले हेटौँडा अस्पतालबाट थप उपचारका लागि चितवन भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

ठक्कर दिने ट्रिपर चालक घटनास्थलबाटै फरार रहेकाले प्रहरीले निजको खोजी गरिरहेको चौघडा इलाका प्रहरी कार्यालयले जनाएको छ। टिभी अन्नपूर्ण बाट