धनकुटा । पार्टी संगठनलाई विस्तार गर्दै सशक्त र सुदृढ गर्न नेपाली कांग्रेस धनकुटाले पाँच जना जिल्ला सदस्यहरु मनोयन गरेको आइतबार जनाएको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले पार्टीको विधान अनुसार १ नम्वर प्रदेशका सांसद लिला सुब्बा,चन्द्र श्रेष्ठ,सुमान तिम्सिना,महोन तेयुग र इन्दिरा थापालाई जिल्ला सदस्यमा मनोनयन गरेको पार्टी सचिव विजय सन्तोषी राईले वताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेस धनकुटाको संगठनलाई विस्तार गरी सशक्त र सुदृढ गर्नका लागी जिल्ला सदस्यहरु मनोयन गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

साथै नेपाली कांग्रेस स्याङ्जाका सभापती पूर्व सांसद कमल पङ्गेनीको हालै हृदयघात भै असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आइतबार शोक विज्ञप्ती प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । हाम्राकुरा बाट