बुटवल–उपचारमा भएको लापहरबाहीका कारण आफ्नै सहपाठी साथीको मृत्यु भएको भन्दै रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा बिद्यार्थीहरुले तोडफोड गरेका छन् ।

बीडिएस चौथौ वर्षमा अध्यनरत जनकपुरका २३ वर्षीय बिद्यार्थी महादेब शाहको मृत्युको बिषयलाई लिएर विद्यार्थीले कलेजको आईसीयू र सिसीसू कक्षमा तोडफोड गरेको कलेज प्रशासनले जनाएको छ । आईसीयू र सिसीयू कक्षमा आत्रमण गर्दा उपचारार्थ बिरामीहरु र उनीहरुका आफन्तहरुबीच कोलाहल मच्चिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कलेजमै अध्यनरत आक्रोशित बिद्यार्थीहरुले कलेजको लापरवाहीका कारण आफ्नो साथीले ज्यान गुमाउन परेको भन्दै आन्दोलन घोषणा गरेका थिए । आन्दोलित विद्यार्थीहरुले अस्पतालको अन्य क्षेत्रमा पनि तोडफोड गरेका छन् ।

कसरी भयो मृत्यु ?

कलेजमा बीडिएस चौथौ वर्षमा अध्यनरत २३ वर्षीय महादेब शाह गत हप्ता मलद्वारमा संक्रमण भएपछि उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका थिए । त्यस बखत संक्रमण भएको स्थानबाट पिप निकालेको उपचारमा संलग्न चिकीत्सकले बताएका छन् । त्यसपछि उनी शुक्रवार राति आकस्मिक कक्षमा उपचार गराउन आउँदा उनको संक्रमण फैलिएर रगतसम्म पुगेको उपचारमा सम्लग्न चिकित्सक पवन बरालले बताए । लोकान्तर बाट