बारा, २० साउन– नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को नाममा सडक निर्माण गरिने भएको छ ।

कलैया उपमहानगरपालिका–२३ स्थित मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको सडकको नाम प्रचण्डपथ नामाकरण गरिएको हो । उक्त सडकको आइतबार अध्यक्ष प्रचण्ड आफैंले शिलान्यास गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ