काठमाडौं– पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेर नेपाली टोली स्वदेश आइपुगेको छ । नेदरल्याण्ड्स विरुद्ध पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेको नेपाली टोली सोमबार बिहान काठमाडौँ आइपुगेको हो ।

युरोप भ्रमणमा रहेको नेपालले नेदरल्याण्ड्ससँग २ एक दिवसीय क्रिकेट खेलेको थियो । जसमध्ये दोस्रो तथा अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकालेको नेपालले शृंखला बराबरी गरेको थियो । यसअघि पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो ।