दमक/इलाका प्रहरी कार्यालय दमकमा एक बर्ष प्रमुख रहेर अन्यत्र सरुवा भइ जान लागेका डिएसपी दीपक गिरीलाइ आज एक कार्यक्रमबीच होटल ब्यवसायी संघ झापा माइपश्चिम क्षेत्रिय समिति दमकले सम्मान सहित बिदाइ गरेको छ ।

होटल पाथिभरामा एक कार्यक्रम गरी डिएसपी गिरीलाइ बिदाइ गरिएको हो । सो अवसरमा गिरीले एक बर्ष दमक रहदा राम्रो काम गरेको बताउदै सम्मान समेत गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघका क्षेत्रिय अध्यक्ष राजन दंगालको अध्यक्षतामा भएको कार्यक्रममा दीपक गिरीले दमक रहदा शान्ति सुरक्षा कायम गराउनका लागि आफुलाइ सहयोग पुर्याउने सम्पुर्णप्रति आभार प्रकट गरेका थिए ।