काठमाडौं– लाजिम्पाटमा कोठी चलाउने २ युवती पक्राउ परेका छन्।
एक युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा लगेर जबरजस्ती सम्बन्ध राख्न लगाएका थिए। पक्राउ परेकालाई प्रहरीले मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाएको छ।
आफ्नो फ्लाटलाई उनीहरुले कोठी बनाएर वेश्यावृत्ति धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ। नेपाल लाइभ बाट










