२१ साउन । काठमाडौं उपत्यकासहित देशैभरी आइतबार साँझदेखि नै भारी वर्षा भएको छ । लगातारको वर्षाका कारण विभिन्न खोलामा बाढी बढेको छ ।

वर्षाको कारण उपत्यकाका सबैजसो खोलामा बाढी आएको छ । वागमती, हनुमन्ते, गोदावरी, विष्णुमती, धोवीखोलालगायतका खोलामा ठूलो बाढी आएको छ । बाढीले ललितपुरको गोदावरीमा एउटा कार बगाएको छ । महालक्ष्मी नगरपालिका–८ स्थित गोदावरी खोलामा आएको बाढीले पार्किङ गरेर राखेको वा १४ च ४७४९ नम्बरको कार बगाएको स्थानीयले जानकारी दिएका छन् । कार ललितपुर लुभुका प्रेमराज लावतीको रहेको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगातार पानी पर्दा जनजीवन प्रभावित बन्दै गएको छ । शनिबारदेखिकै वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुरको राधेराधे, सल्लाघारी क्षेत्रमा डुबान भएको छ । करीब एक महिनाअघि मात्र भक्तपुर क्षेत्र डुबानमा परेको थियो । अघिल्लो पटकको डुबानका कारण घरमा पसेको चिसो ओभाउन नपाउँदै फेरि डुबान परेपछि सर्वसाधरणको जीवन कष्टप्रद बनेको छ ।

भक्तपुरको सल्लाघारी र राधेराधे क्षेत्रका झण्डै एक सय घरमा भल परेको छ । आज दिनभर पनि वर्षा भए ती खोलाको पानी बाहिरी क्षेत्रमा फैलिन सक्ने प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण ढलको पानी सडक क्षेत्रमा बगेका कारण आवत–जावत गर्ने सर्वसाधरणलाई समस्या भएको छ । शनिबार रातिदेखि शुरु भएको वर्षा आज दिनभरी नै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

आज दिनभर पनि वर्षा भए ती खोलाको पानी बाहिरी क्षेत्रमा फैलिन सक्ने प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण ढलको पानी सडक क्षेत्रमा बगेका कारण आवत–जावत गर्ने सर्वसाधरणलाई समस्या भएको छ । शनिबार रातिदेखि शुरु भएको वर्षा आज दिनभरी नै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।