बाढी सूचना केन्द्रले काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा भारी वर्षा भइरहेकाले सो क्षेत्रका नागरिकहरुलाई सतर्क रहन अपील गरेको छ ।

देशको मध्य भू–भागमा पर्ने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुर जिल्लालाई केन्द्र बनाएर ठूलो वर्ष भइरहेकोले सो क्षेत्रका बासिन्दालाई सतर्क रहन केन्द्रले आग्रह गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रले बागमती, रोसी, कमला र तिनका शाखा खोलाहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले सो क्षेत्रका बासिन्दाले विशेष सतर्कता अप्नाउन समेत अपिल गरेको छ ।