काठमाडौं– नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको वैठक बुधबार बस्ने भएको छ।

प्रधानन्यायधीशमा सिफारिस दिपकराज जोशी संसदीय सुनुवाई बिशेष समितिवाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायधीश सिफारिस हुन लागेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीको अध्यक्षतामा रहेने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने संवैधानिक प्रावधान छ।

यसअघि सोही समितिले जोशीको नाम सर्वसम्वत रुपमा सिफारिस गरेको थियो। तर,संसदिय सुनुवाई समितिले जोशी सर्वोच्चको प्रधानन्यायाधीशका लागि अयोग्य भएको भनि अस्वीकृत गरेको थियाे। समितिको उक्त निर्णय परिषदलाई जानकारी गराइसकिएकाे छ। परिषद्मा जोशीको अस्वीकारको विषयमा पनि छलफल हुने छ।

नयाँ प्रधान न्यायाधीशको लागि यसअघि नै न्याय परिषदको वैठकले दुई जनाको रोष्टर पठाइसकेको छ। सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणाको नाम संवैधानिक परिषदमा छ। उनीहरुमध्ये एकलाई सुनुवाईको लागि परिषदले सिफारिस गर्ने सम्भावना छ। उनीहरु मध्ये मिश्र बरिष्ठ भएकाले उनको नाम भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस हुने सम्भावना छ। नेपाल लाइभ बाट