काठमाडौंको विशालनगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।
आगो नियन्त्रणका लागि हाल घटनास्थलमा काठमाडौं महानगरको सहित ३ वटा दमकल पुगेको छ । आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली पनि खटिएको छ ।
क्षतीको विवरण आइनसकेको काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले बताए ।










