पूरै योजना बनाएर फसाउने मनसायले पहिले प्रेमी जोडीलाई खाली घरमा भेट्न पठाइयो । केही समयपछि ३ जनालाई सादा नक्कली प्रहरी बनाएर पठाइयो । उनीहरुले छापा मार्न आएको भने । नक्कली पुलिसले मोवाइलबाट जोडीको भिडियो बनाए र छोड्नको लागि ५ लाख रुपैयाँ मागे । जोडीले आफूसँग त्यति धेरै पैसा नभएको बताएपछि बार्गेनिङ हुँदै जाँदा डेढ लाखमा कुरा मिल्यो ।
अहिले पीडित जोडीको उजुरीको आधारमा प्रहरीले नक्कली प्रहरी बनेका ३ जना र अन्य २ जना गरी ५ जनालाई पक्राउ गरेको छ । पीडित जोडीमध्ये युवककी पत्नी र युवतीका पतिको मृत्यु भइसकेको छ । यी दुईको बिहेको कुरा भइरहेको छ । ३ अगष्टका दिन युवतीले युवकसँग भेट्ने कुरा गरेकी थिइन् । भारतको पंजाब बटिंडाका यी दुईले भेट्ने निश्चित गरेपछि युवकले चिनजान भएकी महिला गुरमेल कौरसँग फोन गरेर भेट्ने ठाउँबारे सोधेका थिए ।
गुरमेलले आफ्ना नातेदारको एउटा घर खाली रहेको बताउँदै त्यहीँ गएर भेट्न सल्लाह दिएकी थिइन् । त्यसपछि युवकले युवतीलाई त्यहीँ बोलाए । दुवै घरभित्र गए । युवकका अनुसार केही समयमै तीन जना आए । उनीहरुले आफैंलाई प्रहरी बताउँदै सोधपुछ सुरु गरे । त्यसपछि उनीहरुले छोड्नको लागि ५ लाख मागे । बार्गेनिङमा डेढ लाखमा कुरा मिल्यो । भोलिपल्ट यी तीनमध्इेका एकले पैसा माग्न फोन गरेपछि युवकले पैसा जुटाउन २–३ दिन लाग्ने बताए र प्रहरीमा उजुरी गरिदिए । प्रहरीले सुरुमा गुरमेल कौर र उनको बयानका आधारमा अन्य ४ जनालाई पक्राउ गरेर कारवाही अगाडि बढाएको छ ।










