विमल खड्का
पछिल्लो समय मालपोत नापी कार्यायमा घुस विना काम नहुने व्यप्त उदारण हाम्रो समाजमा जग जाहेर छ । दैनिक काम हुने सरकारी कार्यालयमा सेवा ग्राहीलाई सेवा नदिएको गुनासो अत्याधिक आएपछि हामी काठमाडौँको तार्केश्वर नगरपालिका – १० मनमैजुको नापी कार्यालयमा पुग्यौं । तर, हामी पुग्दा यहाँ अनौठो दृश्यका साक्षी हामी भयौं ।आर्थिक कारोबार नियमित काम हुने कोठामा नगरी अन्य ठाउँमा गरेको भिडियो फेला हामीले पारेका छौं ।
सरकारी कार्यालयमा जहाँ पैसाको कारोबार गर्ने आर्थिक प्रशासन शाखा हुन्छ । तर, त्यहाँ बसेर बिल भरपाई सँगै सबैलाई चित्र बुझने गर्नुपर्नेमा यस्तो नभएको पाइएको हो । सरकारी कार्यालयको सिसि टिभी क्यामराले नभेट्ने ठाउँ भर्याङ मुनि बसेर पैसाको कारोबार गरिएपछि यो शंकाको घेरामा परेको हो । यदि त्यो पैसा वैधानिक हो भने किन लुकेर कारोबार गरियोे? क्यामरा पुग्दा किन हातमा भएको पैसा लुकाइयो ?भन्ने प्रश्न उठेको छ । सरकारको कामलाई अझै आर्थिक पाटोलाई त झन् पारदर्शी बनाउनुपर्ने अनिवार्य विषय हो । तर, नापी कार्यालय मनमैजुकी अमिन साबित्रा ठकुरीले कार्यालयको तल्लो तलाको भर्याङ मुनि बसेर कारोबार गरेपछि यो विषयले चर्चा पाएको हो ।
ठकुरीले विद्युत प्राधिकरणका कर्मचारीले काम गरेवापत पाउने भत्ताभएको दाबी गरेकी छिन् । तर, यदि उनले वैधानिक रुपमैं भत्तापाएको हो भने नियमित रुपमा काम गर्ने कार्यकक्षको साटो सिसि टिभी क्यामराले नदेख्ने ठाउँ अर्थात भर्याङ मुनिकिन आर्थिक कारोवार गरियो ? नापी कार्यालयका अधिकृत धुर्व थापाले विद्युत कर्मचारीले काम गरेपावत भत्तादिने भने पनि कहाँ बसेर दियो त्यो थाहा नभएको बताएका छन् । सरकारी कार्यालयमै सबै कुराहरु थाहा नहुने भन्दै आफुले कारोबार कतिको गरेको त्यो ठक्याक्कै थाहा नभएको बताएका छन् ।
सरकारी कार्यालयका प्रमुख भनेको कार्यालयमा हुने गरेका कामको जवाफदेही व्यक्ति हो । तर कार्यालयकै प्रमुखले कारोबार कहाँ बसेर भयो थाहा भएन भन्ने गैरजिम्मेवार जवाफ दिएपछि उनी नै प्रश्नको घेरामा उभिएका छन् ।
नापी कार्यालयमा दैनिक कारोबार धेरै हुन्छ । तर कारोबार गरेपनि भर्याङ मुनि होइन आर्थिक प्रशासनको कोठामा गर्नुपर्ने होइन र ? त्यसमागर्दा के हुन्छ ? सरकारी कर्मचारी कार्यालय भित्र हुदाँ कारोबार भर्याङ मुनि बसेर गर्नुपर्ने कानुनमा पक्कै छैन । यता अमिन सावित्रा ठकुरीले भिडियो प्रसारण भएपछि आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै टिभी अन्नपूर्णको कार्यालयमै आएर भिडियो हटाउन आग्रह गरेकी छिन्।
कार्यालयकै एक कर्मचारीले फोन मार्फत त्यो भिडियो नहाल्नुस बरु बसौभनेर फोन समेत गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकमा हेर्दा पनिघरजग्गाको कारोबार हुने नापी कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने औंल्याएको छ ।चालू आर्थिक वर्ष (आव) २०७३। ७४ को जेठसम्मको स्टिङ अपरेसन (रंगेहातपक्राउ) मा कारवाहीमा परेका सरकारी कार्यालयको तथ्याङ्कले अन्य निकायका तुलनामा नापी कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार भएको देखिएको हो । यसैका आधारमा सरकारी कार्यालय नापीमा सेवाको नाममा भ्रष्टचार नहोस , जनताले सर्वसुलभ रुपले सेवा पाउँन भन्ने हाम्रो आशय हो । सोही कार्यालयमा २०७२ साल मसिर १३ गते सोही नापी कार्यालयका सर्भेयर रामप्रमोद कुमार महासेठलाई ५० हजार रुपैयाँ घूस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
सरकारी कर्मचारी दिनभर हातमा मेहन्दी लगाउन व्यस्त
घर जग्गाको कारोबार हुने नापी कार्यालयका कर्मचारीलाई साउने झरी लागेको छ । कार्यालय समयमा जनताका काम नगरी मेकअप गरीदिन उनीहरुले दिन बिताउने गरेको छन् । ताकेश्वर नगरपलिका १० मनमैजुमा रहेको नापी कार्यालयका अमिन कर्मचारीहरु हातमा मेहन्दी लगाएर बसेको भिडियो फेला परेको छ । साउन ८ गते मंगलबार कार्यालयको सिसिटिभीबाट लुकेर आफ्नो मेकअपको काममा तल्लिन भएका कर्मचारीहरु हाम्रो क्यामरा आउने बित्तिकै अत्तालिएका थिए ।
कार्यालयमा बिदा बसेका २ कर्मचारीले २ दिनको बिदा लिएपनि केहि दिन सम्म नआएको भेटिएको छ। कार्यालय प्रमुखले कर्मचारी २ दिनको बिदालिएर गएको बताए । घरको कामभएको हुनाले फोन मार्फत बिदा मागेको बताउनुभयो तर यति दिन बिदा बस्ने भन्ने एकीन नभएको प्रमुखको भनाई छ ।
सरकारी कर्मचारी बिदा बस्दा सरकारी नियम अनुसार विदा स्वीकृत लिएर बस्ने नियम छ । तर त्यसको परिपालना नापी कार्यालयमा नगरेको देखिएको हो । टिभी अन्नपूर्ण बाट
https://youtu.be/Xuu9JpUpnKI










