कैलालीको मोहन्याल गाउँपालिका-४ चिप्लेभीर नजिकै मंगलबार विहान जीप दुर्घटना भएको छ । जीप सडकबाट करिब २५० मिटर तल कर्णालीको तिरमा खसेको प्रहरीले जनाएको छ ।

चिसापानी बजारबाट विहान करिब ५ वजे कर्णाली यातायातको से१ज ९२९ नम्बरको जीप यात्रु लिन पितमारी तर्फ जाँदै गर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चिसापानीमा प्रमुख, इन्सपेक्टर दिपेन्द्र केसीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इन्सपेक्टर केसीका अनुसार जीपमा देविराम देवकोटा मात्रै थिए । उनी हामफालेर बाच्न सफल भएको बता इन्सपेक्टर केसीले बताए ।

कर्णालीको तिरमा खसेको जीप कच्याककुचुक भएको छ ।