काठमाडौ । संसदीय सुनुवाई समितिका सदस्य निरु पालले आफ्नो चरित्र हत्या र मानमर्दन गर्ने कार्य भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पालले केहीदिन अघि आफूमाथि भएको आक्रमण बारे केही अनलाइनले गलत समाचार लेखेको टिप्पणी गर्नुभएको छ । पालले फेसबुकमार्फत त्यस्तो समाचार प्रकाशित गर्ने अनलाइनलाई त्यसको पुष्टि गर्न समेत चुनौति दिनुभएको छ ।

‘सम्पूर्ण मेरा मान्यवर आफन्त शुभचिंतक जन हरुमा नमन भन्न चाहान्छु। केही दिन यता मलाई लक्षित गरी मेरो चरीत्र हत्या गर्ने गरी र मेरो मान मर्दन हुने गरी मीडियाबाजी गरिएको मा दुःख व्यक्त गर्न चाहान्छु’ युवा नेता पालले फेसबुकमा लेख्नुभएको छ– ‘अनलाइनमा मेरा बारेमा छापेको समाचार लाई पुष्टि गर्न म चुनौती दिन चाहान्छु यदि प्रमाणित भयो भने म जनताको प्रतिनिधि हो सांसद पद मात्रै होइन राजनीति बाट पनी सदाका लागी सन्यास लीनेछु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पालले त्यस्ता समाचारले आफू अत्यन्तै दुखी भएको उल्लेख गर्दै त्यसबाट अनलाइनको विश्वश्नीयता समेत गुम्ने बताउनु भएको छ । ‘ यदि प्रमाणित गर्न सकेन भने यस्ता अनलाइन हरुलाई के गर्ने सबै जिम्मेवार मान्छेले बुझ्न जरुरी छ।फेरी पनी यो समाचार ले मेरो बारेमा भ्रामक अपवाह फिजाएर मेरा शुभचिंतक ज्यू हरुमा पर्न गएको चोट प्रती म दुःखीत छु र मेरो आत्मसम्मानमा पर्न गएको चोट को बारेमा कसरी ब्यक्त गरु ?’ उहाँले फेसबुकमा पोष्ट गर्नुभएको छ– जीवन साथी गुमाउदा को पीड़ा वाट आफूलाईं मुस्कीलले सम्हाली रहेको मान्छेलाई चोट माथी झन चोट मिथ्या आरोप हरुको म माथि बज्रपात हुदा मैले आफू लाई कसरी सम्हाली राखेको छु होला, पीत पत्रकारिता गर्ने हरुलाई के थाहा ?’