आइतबार साँझ अपहरणमा परेका काँडाधारीका ११ वर्षीय निशान खड्काका अपहरणकारी आफ्नै कोठाबाट पक्राउ परेको खुलासा भएको छ ।

खड्काको अपहरणमा संलग्न नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ पाइलट बाबा जाने जंगलमा प्रहरीको मुठभेडमा मारिएका थिए । तर, अपहरणकारीलाई प्रहरीले भक्तपुरस्थित उनीहरुकै डेराबाट पक्राउ गरेको खुलासा भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घरबेटी श्याम लबटले उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्, ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें– के हो म्याम रु हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’

स्थानीयहरूले पनि अपहरणकारीलाई काेठाबाट पक्राउ गरेकाे दाबी गरेका छन् । स्थानीयको दाबी विपरीत प्रहरीले भने घ्याम्पेडाँडा जाने बाटोमा अपहरणकारीसँग दोहोरो फायरिङ भएको जनाएको छ । काठमाडौं टुडे बाट