गत आर्थिक वर्षमा भएका खर्च अपारदर्शी भएको र वडालाई कम बजेट छुट्याइएको भन्दै टोखा नगरपालिकाका ५ जना वडाध्यक्षसहितका जनप्रतिनिधि र मेयरबीच विवाद देखिएको छ । वडाध्यक्षले आइतरबार र सोमबार नगरपालिका अगाडि धर्ना दिएका छन् ।

एक हप्ताअघि मेयरलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आइतबारबाट धर्ना दिएका हुन् । ११ वटा वडा रहेको उक्त नगरपालिकाको वडा नं २, ३, ६, ८ र ११ मा कांग्रेसका वडाध्यक्ष छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडाध्यक्ष क्रमश दीपक जोशी, सिंहराज श्रेष्ठ, महेश्वर केसी, केशब बहादुर खत्री र उत्तम अधिकारीका साथै विभिन्न वडाका जनप्रतिनिधि सहित २१ जनाले नगरपालिकाको कार्यालय अगाडि दुई दिन कार्यालय समयमा धर्ना दिएका हुन् ।

गत वर्ष पनि यी ५ वडाले बजेट विनियोजनमा काखापाखा गरिएको भनेर बजेट लिन मानेका थिएनन् ।

हाल टोखाको नगरसभामा २१ जना कांग्रेसबाट र ३९ जना नेकपाबाट गरी ६० जना छन् । यस आर्थिक वर्षमा उक्त नगरको बजेट ८६ करोड रुपैयाँ छ ।