रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राति करिब ११ बजे भएको उक्त दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा र बसका यात्रु नाम नखुलेकी एक महिला र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चितवन मेडिकल कलेजमा तीन जना र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक जनाको राति नै मृत्यु भएको हो। घाइते १७ जनामध्ये १३ जनाको कलेज अफ मेडिकल साइन्सेजमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
गयराती दुर्घटना हुदा ४ जनाको ज्यान गयो
सवाल नेपालसंवाददाताबुधबार, २३ साउन २०७५

गयराती दुर्घटना हुदा ४ जनाको ज्यान गयो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



